+
Search

ताजा अपडेट +

पपुलर +

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा
बिशाल खबर
२ महिना अगाडी

काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् ।

एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । पछिल्लोसमय एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा हुँदै आएको थियो ।

एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।

Pitambar New Nepali Movie

विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको जिकिर गर्दै उनले यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् ।

पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेको भन्दै एलिनाले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर