+
Search

ताजा अपडेट +

पपुलर +

लाज शरणम्’ को टिजर सार्वजनिक, धुर्मुसको लुकले पायो चर्चा

लाज शरणम्’ को टिजर सार्वजनिक, धुर्मुसको लुकले पायो चर्चा
बिशाल खबर
२ महिना अगाडी

काठमाडौं : माघ १६ लाई प्रदर्शन मिति तोकिएको ‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार एक मिनेट ५० सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । यसअघि सार्वजनिक पोस्टरले राम्रो चर्चा पाइरहँदा बिहीबार फिल्मको टिजर ल्याइएको हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

गरिबी र बरोजगारी नागरिकको दुःख यो चलचित्रले भन्ने टिजरले संकेत गरेको छ। क्यामेरा वर्क र सुन्दर लोकेसनले दर्शकको मन लोभ्याउँछ। लङ सटले टिजरको सुन्दरता बढाएको छ। चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नीु) कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।

‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायाँकन गरेका हुन् ।

Pitambar New Nepali Movie

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर