+
Search

ताजा अपडेट +

पपुलर +

फेरी एकसाथ देखिए आकाश श्रेष्ठ र करुणा

फेरी एकसाथ देखिए आकाश श्रेष्ठ र करुणा
बिशाल खबर
३ मिनेट अगाडी

काठमाडौं । गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार डा रमिल अधिकारीको शब्द शृजना रहेको ‘वाचा गरौँ’ मा ज्ञानेन्द्र गिरीको संगीत सृजना रहेको छ । एक रोमान्टिक प्रेमील जोडीको बेजोड अभिनय रहेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

वाचा गर्दै मायासँग माया छर्ने प्रण गरेको प्रेमील जोडी आकाश र करुणाका माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मिठो कहानी आफ्ना दर्शकहरुमाझ पस्किएका छन् । गीतकार डाक्टर रमिल अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन् । उनका गीतलाई दर्शकले निकै रुचाएका छन् । ‘वाचा गरौँ’ रिलिज गरेसँगै डाक्टर अधिकारीले आफु यो गीतबाट निकै आशावादी रहेको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर