+
Search

ताजा अपडेट +

पपुलर +

देवीघर्ती र हेमन्तको जानै लाग्यो वैँश रिमईमा लक्ष्मी

देवीघर्ती र हेमन्तको  जानै लाग्यो वैँश रिमईमा लक्ष्मी
बिशाल खबर
५ मिनेट अगाडी

काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको जानै लाग्यो वैँश रिमई बोलको यो भिडियो सार्वजनिक गरिएको छ । विदाईको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यहरुसहितको भिडियोमा गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र गायिका देवीघर्तीको जादुमयी स्वर सुन्न सकिन्छ । गीतमा राजकुमार बगरका शब्द सृजना रहेको छ भने मिक्सिङ र मास्टरिङ एचबिएन किस्मतको रहेको छ । गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। मोडलद्धय हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् ।

भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना,मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथालाई निर्देशक एकिन्द्र शाराशंकरले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । करन चैसियारको छायांकन, प्रविण भट्टको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतको भिडियो गायक हेमन्त कान्छा रसाईली स्वयमकै युट्युब च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर